बिएल संवाददाता
आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।
यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पूर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ। यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ।
आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा विभाजित अनि ससाना राजारजौटाको देश थियो। यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक राजालाई मानिन्छ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि विभिन्न राजनीतिक दलका प्रमुखहरू र पूर्वराजा ज्ञानेन्द्र शाहले समेत शुभकामना सन्देश दिएका छन्।
शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको भन्दै यसलाई आधार बनाएर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको बताएका छन्।
‘पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेका छौं’ उनले भनेका छन्।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि हिजो देश नबनेको चिन्ता भए पनि आज देश नै नबँच्ने हो कि भन्ने निराशा पैदा बताउँदै जनता र राजाले एकीकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसात गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबै जुट्न र नेपाल राष्ट्रलाई फेरि उठाउन उनले आह्वान गरेका छन्।
आजै राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान कार्यक्रम आयोजना गरेको छ। त्यसअघि उसले सिंहदरबारअघि रहेको पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पणसमेत गर्ने जनाएको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया