बिएल संवाददाता
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन्।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले अहिले जनताको अपेक्षा बद्लिएको भन्दै पार्टीको चल्ने शैली पनि बदल्नुपर्ने बताए।
अब नयाँ युवाहरूलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको उनको भनाइ छ।
उनले भने,‘ देश नै रहेन भने कोसँग शासन गर्ने? कांग्रेसले राणा शासन फाल्यो गणतन्त्र ल्यायो तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन। अहिले पुस्ता बदलिएको छ। जनताको अपेक्षा बदलेको छ। त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ। अब नयाँ युवाहरूलाई अगाडि सार्नुपर्छ। नयाँ युवा र युवतीहरूलाई यो देशको हरेक ठाउँमा ल्यानुपर्छ। उहाँहरूलाई उठाएर जिताउनुपनि पर्छ।’
श्रेष्ठले महामन्त्रीद्वयलाई भविष्यका ताराको संक्षा दिँदै विशेष महाधिवेशन आयोजना गरेकोमा धन्यवाद दिए।
‘भविष्यका तारा महामन्त्री गगनकुमार थापा, अर्का तारा महामन्त्री विश्वप्रकाश शर्माद्वयले ऐतिहासिक विशेष महाधिवेशनको आयोजना गर्नुभयो। यसको पूर्ण सफलताको कामना गर्न बिरामी हुँदाहुँदै पनि आएको छु,’ उनले भने, ‘पुराना साथीहरूको उपस्थिति देख्ना खुसी लागेको छ। यहाँ कसैले हठ गरिराख्न हुँदैन। यहाँ म कुनै पद माग्न उभिएको हैन। आज ७८ वर्षको व्यक्ति मैले ७० वर्ष कांग्रेसमा रगत र पसिना बगाएको छु,’ उनले भने।
त्यस्तै उनले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राखे।
‘म यहाँ कुनै स्वार्थको पोको दिएर आएको छैन। आज म यो ऐतिहासिक मञ्चमा उभिएर देशको अस्तित्वको विषयमा बोल्न आएको हुँ। स्थिति अत्यन्तै जटिल छ। भदौं २३ र २४ गतेको घट्नाले के देखाएको छ? अब गुटको कुरा नगरौं पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ’उनले भने।
त्यस्तै उनले नेपाली कांग्रेस पार्टी कमजोर भयो भने देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार भएको बताए।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया