बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक, कोही दास नभएकोले सबै बराबर रहेको बताएका छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको उद्घोष गरेका हुन्।
उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो। त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’
गगनले थपे, ‘महाधिवेशनलाई तपाईंहरूले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन। जति गर्नुभएको छ मेरो लागि ठूलो छ। तपाईंहरूको यो प्रयासले कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा कुनै बा छैन बोल्दै गर्दा नबोल भन्ने। हामी सबै बराबर हौं।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया