बिएल संवाददाता
नेकपा एमालेबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका नेता नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनी शनिबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।
दैलेखको राजनीतिमा छुट्टै पहिचान बनाएका बस्नेतलाई यसअघिदेखि नै आगामी निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिँदै आएको थियो। यही कारण यसपटक एमाले दैलेखले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्दा बस्नेतको नाम पनि समावेश गरेको थियो।
सिफारिस प्रक्रियापछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले आफ्नो नाम फिर्ता लिएका थिए। त्यसपछि बस्नेतसँगै रविन्द्रराज शर्मा र लिला बिसीको नाम पार्टी केन्द्रमा पठाइएको थियो। तर, बस्नेतले रास्वपा प्रवेश गरेपछि एमाले कार्यकर्ता र नेताहरू आश्चर्यमा परेका छन्।
एमाले दैलेखका एक नेताले पार्टीबाट उम्मेदवारी नपाउने भएपछि बस्नेत अवसरको खोजीमा रास्वपामा प्रवेश गरेका आरोप लगाए। उनी रास्वपाबाट दैलेख–१ मा उम्मेदवार बन्ने चर्चा सुरु भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया