सोमबार, १२ जनवरी २०२६

काँग्रेस विशेष महाधिवेशन: आजदेखि बन्दशत्र

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली काँग्रेसका बहुमत प्रतिनिधिहरुले आह्वान गरेको दोस्रो महाधिवेशन अन्तर्गत आजदेखि बन्दशत्र सुरु हुँदैछ। बन्दशत्रका लागि बिहानैदेखि थप प्रतिनिधिहरूले नाम दर्ता गराउन थालेका छन्।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको थियो। आइतबार अबेरसम्म भएको उद्घाटनशत्रका दिन करिब २६ सय प्रतिनिधिहरूले नाम गर्दा गराएका छन्।

आज हुने बन्दशत्रमा दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कार्यविधि बनाएर सुरु हुने बन्दशत्रले निर्वाचन समिति पनि बनाउनेछ।

देशभरिबाट जम्मा भएका प्रतिनिधिहरूले पार्टीको नीति, नेतृत्व र विधानबारे ठोस निर्णय गर्नेछन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!