बिएल संवाददाता
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्।
प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।
सरकार समग्र संवैधानिक निकायलाई कब्जामा लिएर आफू अनुकूल निर्णय गराउने दुस्प्रयास गरिरहेको बताउँदै नेता महरले सरकारबाटै कानुनी शासनको उपहास गरिनु लज्जाको विषय भएको बताए। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु प्रधानमन्त्री प्रचण्डका लागि पनि घातक हुने बताए।
सत्तामा रहेका दलहरू सहकारीका ठगलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उनले ‘सरकार रुल अफ ल’को विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए। यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताए।
गठबन्धनबिना पनि पार्टीलाई अघि बढाउन सकिने उनको दाबी थियो। काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उनले उल्लेख गरे। प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालन गरेका थिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया