मङ्गलबार, १३ जनवरी २०२६

बालेनका लागि ओलीकै घरछेउमा ‘सम्पर्क कार्यालय’ खोज्दै रास्वपा

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बा वरिष्ठ नेता बालेन साह एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने चर्चासँगै झापामा चुनावी सरगर्मी बढेको छ।

झापा–५ का रास्वपा नेताहरूसँग छलफल गरेपछि बालेनलाई झापामा स्वागत गर्न रास्वपा झापा तयारी अवस्थामा छ। बालेन झापा आउने भएपछी क्षेत्र नम्बर ५ का स्थानीयवासी उत्साहित रहेको नेताहरूले दाबी गरेका छन्।

यतिबेला रास्वपा नेताहरू बालेनका लागि ओलीकै घरछेउमा सम्पर्क कार्यालय खोल्ने तयारीमा छन्। जसका लागि उनीहरूले भाडाको घर खोज्न थालिसकेको रास्वपा स्रोतले बतायो।

काठमाडौं महानगरका मेयरसमेत रहेका बालेन साहले माघ ५ गते पदबाट राजीनामा दिएर ६ गते झापा–५ बाट उम्मेदवारी दिने चर्चा छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!