बिएल संवाददाता
विशेष महाधिवेशन सुरु भएपछि नेपाली काँग्रेस अहिले विभाजितजस्तै भएको छ।
एकातिर संस्थापन पक्षले विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्री तथा सदस्यहरूलाई कारबाही गर्नुपर्ने भनिरहेका छन् भने विशेष महाधिवेशन पक्षका प्रतिनिधिहरूले यही महाधिवेशनको हलबाटै नयाँ नेतृत्व चुनेर जानुपर्ने दबाव दिइरहेका छन्।
आइतबार उद्घाटन भएको महाधिवेशन अन्तर्गत सोमबार बन्दशत्र सुरु भएको थियो। बन्दशत्रमा महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्माले प्रतिवेदनहरू प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा महाधिवेशन प्रतिनिधहरूले छलफल गरिरहेका छन्।
बन्दशत्र आज पनि सुरु हुँदैछ।
योबीचमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच आज वार्ता पनि हुने भएको छ। देउवाले सोमबार नै पूर्णबहादुर खड्कासहित बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाललगायत विशेष पक्षधरहरूसँग वार्ता गर्न खटाएका थिए।
त्यस्तै उनिहरूसँग वार्ता गर्न भनेर विशेष महाधिवेशन पक्षधरले नेताहरू प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरेलगायतलाई जिम्मा दिएका छन्।
भृकुटीमण्डमा चलिरहेको महाधिवेशनमा लगभग ६०प्रतिशतभन्दा धेरै प्रतिनिधिहरू उपस्थित भएका छन्। यसबीचमा आज नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक पनि बोलाएको छ। तर विशेष महाधिवेशनमा भाग लिएका पदाधिकारी तथा सदस्यहरू भने उक्त बैठकमा नजाने बताएका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया