मङ्गलबार, १३ जनवरी २०२६

इरानसँग ब्यापार गर्ने देशमाथि थप करको घोषणा, सैन्य कारबाहीबारे सोच्दैछन् ट्रम्प

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ब्यापारिक सम्बन्ध कायम राखेका राष्ट्रहरूमाथि थप २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। इरानमा सरकारविरुद्ध चर्किरहेको आन्दोलन शान्त पार्न इरानी सरकारलाई चेतावनी दिइरहेका ट्रम्पले पछिल्लोपटक यस्तो घोषणा गरेका हुन्।

डिसेम्बर अन्तिम सातादेखि सुरु भएको सरकार विरुधी प्रदर्शनले पछिल्लो पटक निकै ब्यापक रुप लिइसकेको छ। सुरुवातमै ट्रम्पले आन्दोलनकारीमाथि दमन नगर्न चेतावनी दिएका थिए। उनले आवश्यक परेर इरानमा सैन्य हस्तक्षेप गर्नेबारेमा पनि अमेरिकाले सोचिरहेको समेत बताएका छन्।

‘इरानसँग ब्यापार गरिरहेका सबै देशहरूमाथि अब अमेरिकामा थप २५ प्रतिशत ट्यारिफ लागु हुनेछ। यो अन्तिम आदेश हो र यो तत्कालैबाट लागु हुनेछ’ ट्रम्पले पछिल्लोपटक भनेका छन्।

ट्रम्पले इरानी प्रदर्शनकारीहरुको समर्थन गर्दै आएका छन् र इरानी सरकारलाई चेतावनी दिँदै आएका छन्। योबीचमा भइरहेको प्रदर्शनमा सरकारले ब्यापक दमन गर्दै आएको छ। जसमा ५ सयभन्दा धेरै इरानी प्रदर्शनकारीहरू मारिइसकेका छन्।

इरानमात्रै नभएर विश्वका अरु देश जहाँ इरानीहरू पुगेका छन् त्यहाँ पनि उनीहरुले प्रदर्शन गरिरहेका छन्। कतिपय प्रदर्शनकारीले अमेरिकी समर्थन पनि गरेका छन् र उनिहरूले त्यहाँ तत्काल हस्तक्षेप गर्न ट्रम्पलाई भनिरहेका छन्।

यसबीचमा इरानी सरकार अमेरिकासँग वार्ता गर्न तयार रहेको पनि बताएको छ। तर त्यसबारे सरकारले औपचारिक जानाकारी दिएको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!