मङ्गलबार, १३ जनवरी २०२६

केन्द्रीय समिति बैठक सारियो, काँग्रेसका तीन पक्षबीच वार्ता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

त्रिपक्षीय वार्ता सुरु भएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक केही घण्टा पर धकेलिएको छ। यता विशेष महाधिवेशनको बन्दशत्र चलिरहेका बेला नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो। बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

तर मंगलबार बिहानैबाट पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीच वार्ता सुरु भएपछि बैठक दुईघण्टा पर सारिएको हो।  

अहिले तीनै पक्षबीच बालुवाटारमा वार्ता चलिरहेको छ। त्यसमा पूर्णबहादुर खड्कासहित बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाललगायत नेताहरु र विशेष महाधिवेशन पक्षका प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरेलगायत सहभागी छन्। सोमबार राति अबेरसम्म पनि वार्ता भएको थियो। तर कुनै सहमति हुन सकेन।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन आइतबार उद्घाट भएको थियो। सोमबारदेखि बन्दशत्र सुरु भएको छ।

भृकुटीमण्डमा चलिरहेको विशेष महाधिवेशनमा लगभग ६०प्रतिशतभन्दा धेरै प्रतिनिधिहरू उपस्थित भएका छन्। यसबीचमा आज नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक पनि बोलाएको छ। तर विशेष महाधिवेशनमा भाग लिएका पदाधिकारी तथा सदस्यहरू भने उक्त बैठकमा नजाने बताएका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!