बिएल संवाददाता
नेकपा (एमाले)का सचिव महेश बस्नेतले काठमाडौंका प्रमुख बालेन साहको झापामा केपी ओलीसँग भिड्ने चर्चामाथि व्यंग्य गरेका छन्।
उनले ‘स्याललाई काल आए बजार छिर्छ’ भनेझैं मेयर बालेन चुनाव लड्न झापा छिर्ने चर्चा सुनिएको टिप्पणी गरे।
उनले बालेनलाई काठमाडौंको असफल मेयरको रुपमा जनमत गुमाइसकेकोदेखि ‘फेसबुके प्रधानमन्त्री’ र विदेशीको मतियार लुसिफरको उपमा पाएकोसम्म भन्न भ्याए।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ। यदि यो कुरा सत्य हो भने, निर्वाचन मा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने छ।’
मेयर साह आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने चर्चा चलेको छ। केही दिनअघि उनले झापा–५ का रास्वपा नेताहरूलाई बोलाएर छलफल गरेपछि उनी केपी ओलीसँगै भिड्ने अड्कलबाजी सुरु भएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया