बिएल संवाददाता
नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कांग्रेसको विशेष महाधिवेशन देउवाको मात्रै होइन घुमीघुमी सत्ताको कुर्चीमा बस्ने नालायक पुस्ताकै सङ्कट भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले कांग्रेसको विशेष महाधिवेशन नेपाली राजनीतिमा पुरानाको पतनको आरम्भ भएको बताए।
यस्तो छ उनको स्टाटस–
सोच्ने समय
काङ्ग्रेसको विशेष महाधिवेशन देउवाको मात्रै होइन घुमीघुमी सत्ताको कुर्चीमा बस्ने नालायक पुस्ताकै सङ्कट हो। नालायक पुस्ताको डोली बोकेर जिविका चलाएको अर्को पुस्तामाथि पनि उत्तिकै सङ्कट हो। यो नेपाली राजनीतिमा पुरानाको पतनको आरम्भ हो।
संविधान बनेपछि समाजले त्यसलाई बोक्न सक्ने पार्टी खोजेको थियो । कम्युनिष्ट र काङ्ग्रेसहरुले त्यो काम गर्न सकेनन्। बालेन वा रविहरुलाई त्यही सामाजिक मागले जन्मायो। पुरानाका विरुद्ध उनीहरु लोकप्रिय छन् तर भरपर्दा भएनन्। समाजले भरपर्दा शक्ति खोजेको छ। भदौ २३ र २४ गतेपछि पुराना पार्टीका नेताहरुले सरक्क छोडेको भए अहिलेसम्म मुलुक ती पार्टीको वरिपरी गोलबन्द भइसक्थ्यो। एमाले र माओवादीका दरबारले रुपान्तरणलाई इन्कार गरे। काङ्ग्रेसमा जीवन छ कि भनेर अहिले जनताले आशाका नजरले हेरेका छन्।
बेलायती र जर्मन सामन्त वर्ग आफुलाई रुपान्तरण गर्न तयार भए तर फ्रान्सेली र रसियाली सामन्तहरु कूपमण्डुक, अयोग्य थिए। रुपान्तरणका लागि तयार भएनन्। परिणाम के भयो भने फ्रान्सेली र रसियाली दरबारहरुको अन्त्य भयानकरुपले हिंसात्मक भयो। इतिहासमा बाँच्ने भनेको रुपान्तरित हुँदै बाँच्ने हो । रुपान्तरित हुन योग्यता चाहिन्छ। अयोग्यले समयको शक्तिसँग सामना गर्नैपर्छ। यो इतिहासको नियम हो, संसारभरी यस्तै भएको छ।
देउवा दरबारले सम्भवतः शक्ति बाँडफाँट गर्ने ‘म्याग्नाकार्टा’ मा सहिछाप गर्ने छ। त्यसले यस कठिन परिक्षामा नेपाली काङ्ग्रेसको उद्धार गर्नेछ। दुर्भाग्यवश, कमरेड ओली र कमरेड प्रचण्डका अयोग्य दरबारले लुईं सोह्रौँ वा जार निकोलस द्वितियको बाटो लिएका छन्। परिणाम स्पष्ट छः न सम्राट रहन्छन्, न साम्राज्य! समय छँदै यिनीहरुले सोचेनन्, अब भग्नावशेषमाथि बसेर सोच्नेछन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया