बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समितिले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने भएकाे छ।
समितिले आज शुक्रबार र भोलि शनिबार दुईदिन देवचुली नवलपुरमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।
नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशकका विषयमा प्रशिक्षण दिने छन्।

संगठन विभागले सांगठनिक विषयमा प्रशिक्षण दिनेछन् भने आर्थिक, उत्पादन तथा स्वरोजगार, नीति तथा योजना विभागबाट अर्थविद् तथा उद्यमीहरुले अर्थतन्त्र तथा उद्यमशीलताको विषयमा प्रशिक्षण दिनेछन्।
त्यसैगरी प्रचार प्रसार तथा सूचना प्रविधि (आईटी) बारे वरिष्ठ पत्रकार र आइटी विज्ञहरुले आजको समयमा अभियान सञ्चालनमा आइटी र मिडिया क्षेत्रको भुमिकाबारे प्रशिक्षण दिनेछन्। त्यस्तै जनपरिचालनबारे, कानुन, न्याय, स्थानीय तह र सरकारबारे विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिनेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया