बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद आजै रातिसम्म मिलाउने प्रतिवद्धता गरेका छन्।
मंगलबार निवासमा नेताहरूसँगको छलफलमा देउवाले पार्टी फुटाउन नहुने भन्दै समझदारीको बाटो हुँदाहुँदै अन्यथा निर्णय गर्न नहुने बताए हुन्।
देउवासँग संस्थापनका केही जिम्मेवार नेताहरूले नै पार्टी फुटाउन लागेको भन्दै महामन्त्रीद्वयलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। जसको जवाफमा देउवाले मिल्ने बाटो हुँदाहुँदै अन्यथा निर्णय गर्न नहुने बताएका हुन्।
यसैबीच मंगलबार साँझ कांग्रेस केन्द्रीय समिति बैठक बसेको छ। बैठकपछि सभापति देउवाको भनाइ उद्यृत गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ। यसमा द्विविधा छैन भन्ने सबैलाई थाहा छ, अब विग्रहको बाटोमा जानुहुँदैन। पार्टीलाई मजबुत गर्ने बाटोमा जानुपर्छ। अझै पनि रातिसम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने? भन्ने पार्टी सभापतिको भनाइ छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया