बिएल संवाददाता
भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको 'दोस्रो विशेष' महाधिवेशनले निर्वाचनमा तालमेल नगर्ने स्पष्ट संकेत गरेपछि नेकपा (एमाले) नयाँ सारथीको खोजीमा लागेकाे छ।
एमाले स्रोतका अनुसार यतिबेला महासचिव शंकर पोखरेल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता वर्षमान पुनसँग निरन्तर संवादमा छन्।
महासचिवनिकट एक केन्द्रीय सदस्यले नेकपासँग गठबन्धनको प्रयास पुष्टी गर्दै चुनावी सहकार्यबारे छलफल जारी रहे पनि बाहिर चर्चामा आएजस्तो पार्टी एकताकै चरणमा भने कुराकानी नभएको स्पष्ट पारे।
‘पार्टी एकताकै चर्चा गरियो त्यो विल्कुल सत्य होइन, भेट भइरहेकै छ। प्रतिगमन र विदेशी हस्तक्षेपविरुद्ध कुनै न कुनै रुपमा गठबन्धन गर्नैपर्ने अवस्था छ,’ उनले भने, ‘तर, हाम्रो पहिलो प्राथमिकता कांग्रेस हो। एकखालको सहमति पनि भइसकेकै थियो। यतिबेला कांग्रेस आफैं भूमरीमा परेकाले महासचिवले विकल्पमा पनि प्रयास थाल्नुभएको हो।’
यता वर्षमाननिकट लुम्बिनीका एक नेताले पनि भेटघाट स्वीकार गरेका छन्। नेकपाको भर्खरै गठित २५ सय सदस्यीय केन्द्रीय कमिटीको सदस्यसमेत रहेका ती नेताले राष्ट्रिय सभा निर्वाचनबारे छलफल भए पनि प्रतिनिधि सभामै गठबन्धनबारे कुराकानी भएको आफूलाई जानकारी नभएको बताए।
ती नेता भन्छन्, ‘नेकपा एक्लै चुनाव लड्ने तयारीमा छ। यद्यपि राष्ट्रिय सभामा कसरी मिलेर जान सकिन्छ भन्ने विकल्पमा कुराकानी भएका छन्। तर, दुई प्रमुख दलका नेताहरूको भेटलाई अतिरञ्जित गर्नुपर्ने कारण छैन। नियमित कुराकानीलाई अन्यथा लिन मिल्दैन। जहाँसम्म एकताको कुरा छ– केपी ओलीसँग एकता त कल्पना पनि गर्न सकिँदैन। प्रतिनिधि सभा भन्दा पनि राष्ट्रिय सभाका लागि मिलेर जानेबारे छलफल भएको हुनसक्छ।’
एमाले स्रोतका अनुसार कोशी प्रदेशमा एक सिटबाहेर सबै ठाउँबाट उम्मेदवार उठाएको नेकपासँग चुनावी तालमेलको प्रयास थालिएको हो। एमालेले उम्मेदवार उठाएको ठाउँमा नेकपाले उम्मेदवारी निष्क्रिय बनाउने र एमालेले कांग्रेसलाई छोडेको ठाउँमा नेकपाको उम्मदवारलाई समर्थन गर्ने विकल्पमा छलफल चलिरहेको छ।
यसका लागि दोस्रो नेताहरू निरन्तर छलफलमा छन्। यता कांग्रेसँग सहमति गरेको एमाले पनि देउवा निकट प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले भोट हाले पनि इतर समूहले भोट नपाउने निष्कर्षमा पुगिसकेको छ।
यहीँ कारण भूराजनीतिक चलखेलको आवरणमा नेताहरू ओली–प्रचण्डलाई नजिक्याउने दाउमा छन्। स्रोतका अनुसार दुवै दलका नेताहरू सकेसम्म पार्टी एकता नै गरेर वृहत् वाम शक्ति बनाउने, सम्भव नभए वाममोर्चा नै बनाएर भए पनि निर्वाचनमा होमिने जोडबलमा छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया