बिएल संवाददाता
अन्तत: नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नतर्फ अघि बढ्ने भएको छ। संस्थापन पक्षसँग मंगलबार राति अबेरसम्म पनि सहमति हुन सकेन। नेताहरूले आज बिहान फेरि सहमतिको प्रयास गरिने त भनेका छन् तर दुबै पक्षले वार्ता र संवादलाई खासै महत्व दिइरहेका छैनन्।
आइतबार सुरु भएको नेपाली काँग्रेसको महाधिवेशनको बन्दशत्र मंगलबार साँझ समापन भएको थियो। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेशनमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि बन्दशत्र समापन गरिएको हो।
महाधिवेशनले गठन गरेको नयाँ निर्वाचन समितिले हिँजैदेखि निर्वाचनका कार्यक्रमहरू सुरु गरिसकेको छ। विशेष महाधिवेशन पक्षका नेताहरू दिनभरि र राति अबेरसम्म पनि वार्तामै थिए। अरु सबैजसो कुरामा लगभग सहमति भए पनि पार्टीमा सभापति शेरबहादुर देउवाको भूमिका अन्त्य हुनुपर्ने विशेषमहाधिवेशन पक्षधरको मागमा सहमति हुन सकेको छैन।
यसबीचमा आज पनि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। उता बिहानैदेखि विशेष महाधिवेशनअन्तर्गत निर्वाचनका कार्यक्रमहरू सुरु भइसकेकाछन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया