बिएल संवाददाता
अन्तत: नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नतर्फ अघि बढ्ने भएको छ। संस्थापन पक्षसँग मंगलबार राति अबेरसम्म पनि सहमति हुन सकेन। नेताहरूले आज बिहान फेरि सहमतिको प्रयास गरिने त भनेका छन् तर दुबै पक्षले वार्ता र संवादलाई खासै महत्व दिइरहेका छैनन्।
आइतबार सुरु भएको नेपाली काँग्रेसको महाधिवेशनको बन्दशत्र मंगलबार साँझ समापन भएको थियो। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेशनमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि बन्दशत्र समापन गरिएको हो।
महाधिवेशनले गठन गरेको नयाँ निर्वाचन समितिले हिँजैदेखि निर्वाचनका कार्यक्रमहरू सुरु गरिसकेको छ। विशेष महाधिवेशन पक्षका नेताहरू दिनभरि र राति अबेरसम्म पनि वार्तामै थिए। अरु सबैजसो कुरामा लगभग सहमति भए पनि पार्टीमा सभापति शेरबहादुर देउवाको भूमिका अन्त्य हुनुपर्ने विशेषमहाधिवेशन पक्षधरको मागमा सहमति हुन सकेको छैन।
यसबीचमा आज पनि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। उता बिहानैदेखि विशेष महाधिवेशनअन्तर्गत निर्वाचनका कार्यक्रमहरू सुरु भइसकेकाछन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया