बिएल संवाददाता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले मात्रै महामन्त्रीमा उम्मेदवारी दिएका निर्वाचन आयोग स्रोतले बतायो। महामन्त्रीमा विश्वले गुरु घिमिरेलाई अघि सारेको चर्चा चले पनि आयोगले पुष्टि गरिसकेको छैन।
त्यस्तै, कांग्रेस सभापति पदमा पनि महामन्त्री गगनकुमार थापाको मात्र उम्मेदवारी परेको छ।
निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाबाहेक अरु कसैको उम्मेदवारी नपरेको हो। कसैको उम्मेदवारी नपरेपछि महामन्त्री थापा स्वतः सभापति निर्वाचित हुनेछन्। त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल महामन्त्रीमा निर्विरोध निर्वाचित हुनेछन्।
यता संस्थापन पक्षसँग विशेष महाधिवेशन पक्षधर लगातार वार्तामा छ। बुधबार बिहान माहामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले देउवासँग निर्णायक वार्ता गरेका थिए। तर वार्ता निष्कर्षविहिन बनेको छ।
यतिबेला महामन्त्रीद्वय विशेष महाधिवेशनबाट निर्वाचिन हुने अन्तरिम कार्यसमितिको वैधानिकताबारे कानुनविद्हरूसँग परामर्शमा रहेको बुझिएको छ।
उम्मेदवार मनोनयनको समय सकिसकेकोले निर्वाचन आयोगले दिउँसो १ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ।
संस्थापनसँग कुरा नमिले विशेष महाधिवेशनले गगनको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्ने तयारी गरेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया