बिएल संवाददाता
देउवा समूहले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पुगेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नहरने गरी कारबाही गरेको थियो।
आयोगको निर्वाचन शाखाका प्रमुख यज्ञ भट्टराईका अनुसार पत्र आयोगमा आइपुगे पनि पत्र खोलेर हेरिनसकेको बताए।
सार्वजनिक गरिएको निर्णयमा पार्टी हितविपरीत विशेष महाधिवेशनको नाममा भेला गरेर अनुशासनहिन काम गरेकाले कारबाही गरिएको उल्लेख छ।
केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ को देहाय खण्ड घ, ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज}का मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ।’
यता विशेष महाधिवेशन पक्षधरले भने नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ। गगन थापाले देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेकोले कांग्रेसको आधिकारिकता आफूहरूसँगै रहेको दाबी गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया