बिहिबार, १५ जनवरी २०२६

ठग र लुसिफरहरूको लहैलहैमा युवाहरूले बाटो बिराउन खोजिरहेको ओलीको टिप्पणी

News Image
• • •

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठग र लुसिफरहरूको लहैलहैमा लागेर युवाहरूले बाटो बिराउन खोजिरहेको आरोप लगाएका छन्।

४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरे।

उनले युवाहरूलाई देश र इतिहास पढ्न आग्रह गरे।

ओलीले भने, ‘नेपालका युवा अलिकति बाटो बिराउन खोजेका छन्। इतिहास तिम्रो आफ्नो आयुबाट नाप्न नखोज, इतिहास अलि लामो छ। देश पढ। देश बुझ। यो देशलाई के गर्न खोजिँदैछ भनेर बुझ्ने प्रयास गर।’

ओलीले ओलीले ठगहरू, लुसिफरहरू युवालाई प्रभावित पार्न प्रयासरत रहेको बताउँदै तिनीहरूले धाक नलगाए हुने, तिनका सपना पूरा नहुने ठोकुवा गरे।

उनले रास्वपा वरिष्ठ नेता बालेन साह आफूसँग झापा–५ मा चुनाव लड्न भनेर तामझाम गरिरहेको भन्दै आफूहरूले नचिन्ने नोट बोकेर निर्वाचन क्षेत्रहरूमा धाउन थालेको आरोप लगाए।

‘कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेका छन्। हामीले नचिन्ने नचिन्ने खालका नोट लिएर पुगेका छन्, निर्वाचन क्षेत्रहरूमा,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!