बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठग र लुसिफरहरूको लहैलहैमा लागेर युवाहरूले बाटो बिराउन खोजिरहेको आरोप लगाएका छन्।
४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरे।
उनले युवाहरूलाई देश र इतिहास पढ्न आग्रह गरे।
ओलीले भने, ‘नेपालका युवा अलिकति बाटो बिराउन खोजेका छन्। इतिहास तिम्रो आफ्नो आयुबाट नाप्न नखोज, इतिहास अलि लामो छ। देश पढ। देश बुझ। यो देशलाई के गर्न खोजिँदैछ भनेर बुझ्ने प्रयास गर।’
ओलीले ओलीले ठगहरू, लुसिफरहरू युवालाई प्रभावित पार्न प्रयासरत रहेको बताउँदै तिनीहरूले धाक नलगाए हुने, तिनका सपना पूरा नहुने ठोकुवा गरे।
उनले रास्वपा वरिष्ठ नेता बालेन साह आफूसँग झापा–५ मा चुनाव लड्न भनेर तामझाम गरिरहेको भन्दै आफूहरूले नचिन्ने नोट बोकेर निर्वाचन क्षेत्रहरूमा धाउन थालेको आरोप लगाए।
‘कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेका छन्। हामीले नचिन्ने नचिन्ने खालका नोट लिएर पुगेका छन्, निर्वाचन क्षेत्रहरूमा,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया