शुक्रबार, १६ जनवरी २०२६

रविकाे मुद्दासँगै जोडिएका सबै आरोपीलाई ‘छुटकारा’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

रवि लामिछानेको मुद्दासँग जोडिएका सबै आरोपीहरूको अभियोग पत्र पनि संशोधन हुने भएको छ। यसअघि रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगपत्र संशोधन गरेकी महान्यायाधिवक्ता सविता भण्डारी बरालले उनिसँगै जोडिएका अरु दुईजनाको अभियोगपत्र पनि संशोधन गर्न स्वीकृती दिएकी हुन्।

अब कारागारमा रहेका छविराज जोशी र फरार रहेका जिबी राईले पनि त्यसबाट छुटकारा पाउनेछन्। बुधबारमात्रै महान्यायाधिवक्ता भण्डारीले रविको अभियोगपत्र संशोधन गरेकी थिइन्।

अब उनिहरूले सहकारी ठगीविरुद्धको मुद्दामात्रै फैसला गरे पुग्नेछ। त्यसबाट उनीहरूले पीडितको रकम फिर्ता गरेमा मिलापत्रसमेत हुनसक्ने बाटो खुलेको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!