बिएल संवाददाता
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै अब नेपाली काँग्रेसको मूल नेतृत्व गगन थापासँग आएको छ। शुक्रबार आयोगको बैठकले दुबै पक्षका दाबीहरुको अध्ययन गरेपछि यस्तो फैसला गरेको हो।
आयोगले थापा र विश्वप्रकाश शर्मा नेतृत्वको काँग्रेसले हालैमात्र गरेको महाधिवेशनलाई कानुन र विधानसम्मत भएको ठहर गरेको छ। त्योसँगै आयोगले महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण पनि अध्यावधिक गर्ने निर्णय गरेको छ।
विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरेको थियो। त्यसअघि नेपाली काँग्रेसले थापा र शर्मा तथा फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो।
त्यसपछि दुबै पक्ष आआफ्नो आधिकारिकता दाबी गर्दै आयोग पुगेका थिए।
अब नेपाली काँग्रेसको सबै बागडोर गगन-विश्व नेतृत्वमा आइसकेको छ। आयोगको निर्णयसँगै शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति स्वत: अमान्य भएको छ। अब देउवा समूहले या त नयाँ पार्टी खोल्नुपर्नेछ वा स्वतन्त्र उम्मेदवारी दिनुपर्नेछ। अर्को पार्टी अहिले खोल्दा उक्त दल चुनावमा भने भाग सहभाग मिल्दैन।
यद्यपि आयोगको निर्णयबाट असन्तुष्ट पक्ष भने अब सर्वोच्च अदालत जाने बाटो खुलेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया