बिएल संवाददाता
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू टुङ्ग्याउन बैठक बस्न लागेको हो।
माघ ६ उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। यो बैठकले देशभरका सबै १६५ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भइआएका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउने नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
नेकपा एमालेले उम्मेदवारहरू टुङ्ग्याउँदै गर्दा अर्को ठूलो दल नेपाली काँग्रेस भने विभाजनको भूमरीमा छ। केही दिनअघि भएको विशेष महाधिवेशनलाई नै निर्वाचन आयोगले आधिकारिकता दिएपछि अब नेपाली काँग्रेसको बागडोर सभापति गगन थापाको काँधमा छ। तर तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले भने आयोगको यो निर्णयलाई स्विकार गरेको छैन।
शुक्रबार गगन पक्षले आधिकारिकता पाएपछि दुबै पक्षले आज केन्द्रीय समिति बैठक बोलाएका छन्। निर्वाचन आयोगमा दुबै पक्षले आधिकारिकता दाबी गरेपछि शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनलाई बैध ठहर्याउँदै गगनको सभापतित्वमा चयन भएको कार्यसमितिलाई मान्यता दिएको हो। यद्यपि आयोगको यो निर्णयलाई देउवा पक्षले भने स्विकार गरेको छैन र अदालतसम्मै पुग्ने चेतावनी दिएको छ।
आयोगले विशेष महाधिवेशनलाई नै आधिकारिकता दिए पनि देउवा पक्षले भने केन्द्रीय कार्यालय नियन्त्रण गरिराखेको छ। यो पक्षका कार्यकर्ताहरुले रातभरि नै पार्टी कार्यालय कुरेर बसिरहेका छन्। देउवा पक्षले पनि आजै केन्द्रीय समिति बैठक बोलाएको छ। उनिहरूको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बसिरहेको छ।
गगन पक्षको बैठक भने केहीबेरमा थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा बस्ने तयारी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया