बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले केही दिनमै नेपाली काँग्रेस एक भएर उम्मेदवारी टुङ्ग्याउने बताएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिक मान्यता दिएपछि बस्न लागेको केन्द्रीय समिति बैठकअघि उनले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।
त्यही महाधिवेशनले गगनलाई निर्विरोध सभापतिमा चयन गरेको थियो। शुक्रबार आयोगले आधिकारिकता प्रदान गरेपछि थापाले आज त्यही महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको बैठक बोलाएका हुन्। बैठक थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा सुरु भएको छ।
‘अहिले हामीसँग समयको मात्रै प्रेसर छ। ६ गते मनोनयन दर्ता गर्नुपर्नेछ। तर हामीलाई विश्वास छ एक दुई दिनमै काँग्रेस फेरि एकढिक्का हुन्छ। र हामी उम्मेदवारी दर्ता गर्छौं’ बैठकस्थल छिर्नुअघि बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने ‘त्यसका लागि हामीले काँग्रेसका सबै नेताहरूसँग संवाद अघि बढाइसकेका छौं।’
देउवा पक्षले भने आयोगको निर्णयलाई अस्विकार गरेको छ। सानेपामा त्यो समूहको केन्द्रीय समिति बैठक बसिरहेको छ। त्यहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता प्रकाशशरण महतले आयोगको निर्णय नमान्ने र सर्वोच्च अदालत जाने बताएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया