बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले केही दिनमै नेपाली काँग्रेस एक भएर उम्मेदवारी टुङ्ग्याउने बताएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिक मान्यता दिएपछि बस्न लागेको केन्द्रीय समिति बैठकअघि उनले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।
त्यही महाधिवेशनले गगनलाई निर्विरोध सभापतिमा चयन गरेको थियो। शुक्रबार आयोगले आधिकारिकता प्रदान गरेपछि थापाले आज त्यही महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको बैठक बोलाएका हुन्। बैठक थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा सुरु भएको छ।
‘अहिले हामीसँग समयको मात्रै प्रेसर छ। ६ गते मनोनयन दर्ता गर्नुपर्नेछ। तर हामीलाई विश्वास छ एक दुई दिनमै काँग्रेस फेरि एकढिक्का हुन्छ। र हामी उम्मेदवारी दर्ता गर्छौं’ बैठकस्थल छिर्नुअघि बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने ‘त्यसका लागि हामीले काँग्रेसका सबै नेताहरूसँग संवाद अघि बढाइसकेका छौं।’
देउवा पक्षले भने आयोगको निर्णयलाई अस्विकार गरेको छ। सानेपामा त्यो समूहको केन्द्रीय समिति बैठक बसिरहेको छ। त्यहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता प्रकाशशरण महतले आयोगको निर्णय नमान्ने र सर्वोच्च अदालत जाने बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया