बिएल संवाददाता
नेपाली कांग्रेसका नेता सुनिल शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनपछि कांग्रेस संसदीय दलको नेता गगन थापा नै भएको जिकिर गरेका छन्।
विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गगन थापा कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएको दाबी गरे।
उनले भने, ‘चुनावपछि प्रधानमन्त्री गगन थापा हुन्, द्विविधा छैन।’
उनले पार्टी फुटेको नभई लोकतन्त्रमा गुट र प्रतिस्पर्धालाई सामान्य रूपमा लिमुपर्ने भन्दै विधि र विधान अनुसार चल्ने बताए।
‘पार्टी फुटेको होइन अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। नयाँ नेतृत्वले पार्टी मिलाउछ। निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैन,‘ उनले भने।
उनले कांग्रेस चुनावअघि कुनै गठबन्धन नगर्ने स्पष्ट पार्दै नेताहरूलाई इगो त्यागेर चुनाव केन्द्रीत हुन सुझाव दिँदै भने, ‘अब गाउँ छिर्ने हो, ट्याक ट्याक जित्ने हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया