बिएल संवाददाता
सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनाव लड्ने पक्कापक्की भएको छ।
रास्वपा स्रोतका अनुसार मन्त्री खरेल र सभापति रवि लामिछानेबीच भएको निर्णायक वार्तामा लामिछाने खरेललाई रोजेको क्षेत्र दिन तयार भएका हुन्।
चुनावमा उठ्ने संकेत गर्दै मन्त्री खरेलले आजै नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ‘भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने’ बताएका छन्।
मन्त्री खरेल उम्मेदवारी दर्ताको अन्तिम तयारीमा जुटेको स्रोतको दाबी छ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि माघ ६ गतेका लागि समय तोकेको छ।
मन्त्री खरेल निकट स्रोतका अनुसार उनी माघ ६ गते अगाडि नै मन्त्री पदबाट राजीनामा दिने तयारीमा छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया