बिएल संवाददाता
सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनाव लड्ने पक्कापक्की भएको छ।
रास्वपा स्रोतका अनुसार मन्त्री खरेल र सभापति रवि लामिछानेबीच भएको निर्णायक वार्तामा लामिछाने खरेललाई रोजेको क्षेत्र दिन तयार भएका हुन्।
चुनावमा उठ्ने संकेत गर्दै मन्त्री खरेलले आजै नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ‘भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने’ बताएका छन्।
मन्त्री खरेल उम्मेदवारी दर्ताको अन्तिम तयारीमा जुटेको स्रोतको दाबी छ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि माघ ६ गतेका लागि समय तोकेको छ।
मन्त्री खरेल निकट स्रोतका अनुसार उनी माघ ६ गते अगाडि नै मन्त्री पदबाट राजीनामा दिने तयारीमा छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया