बिएल संवाददाता
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तु–३ बाट एकल सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरेका छन्।
नेता कनौडियालाई शनिबार दिउँसो एमाले अध्यक्ष ओलीले सोही क्षेत्रबाट टिकट दिने सर्तमा पार्टीमा भित्र्याएका हुन्।
कनौडियाले कांग्रेसमा देखिएको किचलोमा फस्नुभन्दा एमालेबाट टिकट सुनिश्चित भएकोले पार्टी सदस्यता ग्रहण गरेको प्रतिक्रिया दिएका छन्।
कनौडिया यसअघि कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत बनेका थिए।
कनौडियाले केही दिनअघि मात्रै कांग्रेस फुट्न लागेको भन्दै विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता लिएका थिए।
बदनाम व्यवसायी कनौडियालाई टिकट नै दिने सर्तमा एमाले भित्र्याएपछि पार्टीभित्रै आलोचना सुरु भएको छ।
सर्लाहीस्थित महालक्ष्मी चिनी मिलका सञ्चालक कनौडियाले उखु किसानहरूको वर्षौंदेखिको रकम भुक्तानी नदिएपछि किसानहरूले काठमाडौंमा आएर आन्दोलन नै गरेका थिए।
तत्कालिन समयमा कांग्रेस संसदीय दल र केन्द्रीय समिति बैठकले कनौडियालाई तत्काल रकम भुक्तानी गर्न निर्देशन नै जारी गरेको थियो।
एमाले कपिलवस्तुका एक नेताले केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरे, ‘कपिलवस्तुमा हाम्रा उम्मेदवार बन्न लायक नेताहरू नै छैनन् कि के हो? यस्ता बदनाम व्यवसायी र अवसरवादीलाई पार्टी भित्र्याएर गर्न खोजेको के हो? हाम्रो वर्षौंको योगदानको मूल्य नै नहुने हो भने एक दिन एमाले नै शून्य हुन के बेर? हाम्रो मनोबल गिराउने चेष्टा नगरियोस्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया