बिएल संवाददाता
एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्।
एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र रुपन्देही–२ तिलोत्तमा बासिन्दा पौडेलले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै पार्टी छोडेको जानकारी गराए।
पार्टीमा बुझाएको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
पौडेल एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए। एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत बनेका उनी तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए।
पौडेलले आफूलाई सरकारी नियुक्ति दिलाएका पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री गिरीलाई धन्यवाद दिँदै अब आफू स्वतन्त्र रहने बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया