शनिबार, १७ जनवरी २०२६

विश्वप्रकाश पछि हटेपछि झापा–१ बाट एन्फा अध्यक्ष नेम्वाङसहित ५ जना सिफारिस

News Image
• • •

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा-१ मा ५ जनाको नाम सिफारिस भएको छ।

कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको शनिबारको बैठकले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए।

नेम्वाङसँगै अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू सिफारिस भएका छन्।

यो क्षेत्र गत निर्वाचनमा शर्माले जितेको क्षेत्र हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!