आइतबार, १८ जनवरी २०२६

सिंहदरबारभित्रै बैठक कक्षामा सुरु हुँदै ‘राष्ट्रियसभा’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रियसभाको १९औँ अधिवेशन आज आइतबारदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन्जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।

राष्ट्रियसभाको १९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ। जेनजी आन्दोलनपछि पहिलोचोटी राष्ट्रियसभाको बैठक हुन लागेको हो।

आन्दोलनका क्रममा बानेश्वरस्थित संघीय संसद भवन पनि जलेको थियो थियो। त्यसपछि राष्ट्रियसभाको पहिलो बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको एउटा बैठक हलमा हुन थालेको छ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिएका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!