आइतबार, १८ जनवरी २०२६

काठमाडौंमा एमालेको ‘चुनाव लक्षित’ प्रदर्शन, ओलीले सम्बोधन गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा एमालेले आज राजधानी काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभाका लागि सबै उम्मेदवारहरूको टुङ्गो लगाइसकेपछि उसले चुनावलक्षित प्रदर्शन गर्न थालेको हो।

शनिबार एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै केही बाहेक १६५ निर्वाचन क्षेत्रभरि नै उम्मेदवारको टुङ्गो लगाएको थियो।

चुनावी सन्देश दिनका लागि एमालेले आज प्रदर्शन गर्न थालेको हो। एमाले बागमती कमिटीले आयोजना गरेको उक्त प्रदर्शनपछि जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।

एमालेको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भएर प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!