आइतबार, १८ जनवरी २०२६

राष्ट्रियसभाबाट नारायणकाजीको राजीनामा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता पनि हुन्।

प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचन लड्न उनले राजीनामा बुझाएका हुन्। आगामी फागुन २० गते कार्यकाल सकिनुअघि नै उनले राजीनामा दिएका हुन्।

यद्यपि उनि कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे अझै टुङ्गो लागेको छैन। फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!