बिएल संवाददाता
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि नेपाली काँग्रेसका शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ। नेता पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरू पुगेर सर्वोच्चमा रिट दायर गरेका हुन्।
उनीहरूले समय र संवेदनशीलताको ख्याल गर्दै आजै पेशी चढाउन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले आजै सम्भव नभएको जवाफ दिएको छ। सोमबार सार्वजनिक विदा भएका कारण अब उक्त पेशी ६ गते मात्रै तोकिनेछ। त्यही दिन प्रतिनिधिसभा निर्वाचनका लागि मनोनय गर्ने चुनावी कार्यतालिका रहेको छ।
पुस २७,२८ र २९ गते तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नेपाली काँग्रेसको नयाँ कार्यसमिति चयन गरेको थियो।
त्यसपछि दुबैपक्षका आधिकारिकताबीच निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमिति र विशेष महाधिवेशनलाई आधिकारिता दिएको थियो। तर देउवा पक्षले आयोगको निर्णय स्विकार गरेको छैन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया