बिएल संवाददाता
काठमाडौं महानगरका मेयर बालेन्द्र साह आफूसँग भिड्न झापा–५ आउने भएपछि एमाले अध्यक्ष केपी ओली राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई फकाउन थालेका छन्।
शनिबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ केही सिटबाहेक सबै उम्मेदवार टुंगो लगाइसकेको छ। तर झापा–३ मा ओलीले लिङ्देनका लागि सिट होल्ड गरिदिएका हुन्।
एमालेका आकांक्षी हुँदाहुँदै आफ्नो सिट सुरक्षित गर्न अध्यक्षले राप्रपालाई सिट खाली छोडिदिएपछि एमालेकै नेताहरू असन्तुष्ट बनेका छन्।
एमाले झापाका एक सदस्य भन्छन्, ‘झापा–३ अध्यक्षले टुंग्याउने भनिएको छ। झापा–५ अध्यक्षज्यूको क्षेत्र भनेर चिनिएजस्तै झापा–३ लिङ्देनको क्षेत्र बनाइदिन खोजेको हो? यदी हो भने पार्टीका लागि दुर्भाग्य हुन्छ। एमालेको संगठन नै खारेज गरे भइहाल्यो नि। हाम्रा एक से एक साथीहरू सक्षम हुनुहुन्छ। कहिले लड्नै दिनुहुन्न।’
यसपटक झापा–मा बालेनसमेत भिड्ने भएकोले ओलीलाई आफ्नो लिगेसी जोगाउन चुनौती थपिएको छ। तर, ती नेता राप्रपाको भोट बिना नै अध्यक्ष ओली विजयी हुने दाबी गर्छन्।
बरु एमालेले राप्रपा अध्यक्षको जित सहज बनाइदिने गरेको उनको बुझाइ छ। भन्छन्, ‘राप्रपाले हामीलाई हैन हामीले राप्रपालाई जिताइदिने गरेका छौं। हाम्रा अध्यक्षज्यू राप्रपा बिना जित्न सक्षम हुनुहुन्छ तर राप्रपा अध्यक्षले हाम्रो सहयोगबिना जितेर देखाउन्। अध्यक्षले टुंग्याउने भनेर होल्ड गरिएको क्षेत्रमा हाम्रै उम्मेदवार उठाइयोस्।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया