बिएल संवाददाता
निर्वाचन आयोगले प्रमुख दलका नेताहरूको दबाबमा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप्ने तयारी गरेको छ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा माघ ६ गते तोकिएकोमा दलहरूले माघ १५ गतेसम्म सार्न आग्रह गरेको आयोग स्रोतले बतायो।
मुख्य विवाद नेपाली कांग्रेसको दुई समूहको आधिकारिकतालाई देखाइएको छ। कांग्रेसको गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि निर्वतमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।
कांग्रेसको विवाद निरुपण हुन केही समय लाग्ने भएकोले १० दिन समय थपका लागि आग्रह भएको आयोग स्रोतले बतायो।
स्रोतका अनुसार कांग्रेस देउवा समूहसहित नेकपा एमाले, प्रचण्ड नेतृत्वको नेकपा लगायत प्रमुख दलहरूले माघ १५ गतेसम्म समय थप्न आग्रह गरेका छन्।
यद्यपि निर्वाचन आयोगले आन्तरिक छलफल थाले पनि म्याद थपबारे औपचारिक निर्णय गरिसकेको छैन। आयोग स्रोतका अनुसार बढीमा एक हप्ता समय थप्न आयोग सकारात्मक छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया