बिएल संवाददाता
निर्वाचन आयोगले प्रमुख दलका नेताहरूको दबाबमा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप्ने तयारी गरेको छ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा माघ ६ गते तोकिएकोमा दलहरूले माघ १५ गतेसम्म सार्न आग्रह गरेको आयोग स्रोतले बतायो।
मुख्य विवाद नेपाली कांग्रेसको दुई समूहको आधिकारिकतालाई देखाइएको छ। कांग्रेसको गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि निर्वतमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।
कांग्रेसको विवाद निरुपण हुन केही समय लाग्ने भएकोले १० दिन समय थपका लागि आग्रह भएको आयोग स्रोतले बतायो।
स्रोतका अनुसार कांग्रेस देउवा समूहसहित नेकपा एमाले, प्रचण्ड नेतृत्वको नेकपा लगायत प्रमुख दलहरूले माघ १५ गतेसम्म समय थप्न आग्रह गरेका छन्।
यद्यपि निर्वाचन आयोगले आन्तरिक छलफल थाले पनि म्याद थपबारे औपचारिक निर्णय गरिसकेको छैन। आयोग स्रोतका अनुसार बढीमा एक हप्ता समय थप्न आयोग सकारात्मक छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया