आइतबार, १८ जनवरी २०२६

देउवा समूहको आन्दोलनलाई एमाले महासचिव शंकरपत्नीको ऐक्यवद्धता, गगन थापालाई नमान्ने

News Image
• • •

एमाले महासचिव शंकर पोखरेल पत्नी सुजिता शाक्यले गगन थापा नेतृत्वको कांग्रेस अस्वीकार गर्ने बताएकी छन्।

आइतबार शेरबहादुर देउवा पक्षले माइतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउँदै उनले देउवा नै कांग्रेसको आधिकारिक सभापति भएको दाबी गरिन्।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘लोकतन्त्रको धज्जी उडाउँदै निर्वाचन आयोगका निर्वाचन आयुक्तले गरेको अन्यायपूर्ण र असंवैधानिक निर्णयको विरोधमा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा पक्षले गरेको विरोध र्‍यालीलाई सफलताको शुभकामनासहित ऐक्यवद्धता छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!