आइतबार, १८ जनवरी २०२६

पाल्पामा एक दिन पनि टिकेनन् विष्णु पौडेल, फर्किए रुपन्देही–२ मै

बिएल संवाददाता

बिएल संवाददाता

रुपन्देही
News Image
• • •

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अन्ततः रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन्।

पाल्पा–२ मा टिकट पाएको भोलिपल्टै एमालेले उनलाई पुरानै क्षेत्रमा फर्काएको हो।

रुपन्देहीका कार्यकर्ताको चर्को दबाबपछि पा‍र्टीले उपाध्यक्ष पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको बनाउने निर्णय गरेको एमाले सचिव एवं लुम्बिनी इन्चार्ज पद्‍मा अर्यालले बताइन्।

गत निर्वाचनमा ठाकुर गैरेले जितेको पाल्पा–२ बाट यसपटक पौडेलले टिकट लिएका थिए। पौडेल रुपन्देही फर्किएसँगै सो क्षेत्रमा अर्को उम्मेदवारको खोजी सुरु भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!