बिएल संवाददाता
प्रहरी वरिष्ठ नायव निरीक्षक बालकृष्ण सन्जेल पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत वरिष्ठ सई सन्जेलले आफूलाई दिइएको जिम्मेवारीलाई व्यावसायिक रुपमा इमान्दारीपूर्वक कार्य सम्पादन गरेको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
उनको नेतृत्वमा पुस महिनामा प्रहरीले लागु औषध खैरो हेरोईन ७२५ ग्राम ५९० मिलिग्राम, एम्पुल ३ हजार १५० पिस, नाइट्राजेपाम १०० ट्याब्लेट, टोपेन्डाडोल ७ हजार १० ट्याबलेट, ट्रामाडोल ६ हजार ६६० सहित १८ जना मानिसहरू पक्राउ गर्न सफल भएको थियो।

सन्जेललाई प्रहरीको व्यवसायिक आचरणभित्र रहि आफूलाई दिइएको जिम्मेवारी विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनशील भइ कार्य सम्पादन गरेको आधारमा मुल्यांकन गरि गत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए।
लागूऔषधको जालो समाजको हरेक तहमा फैलिँदै गएको अवस्थामा सन्जेलले यो अपराधविरुद्ध अग्रमोर्चाबाट नेतृत्व गर्दै आएका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया