बिएल संवाददाता
प्रहरी वरिष्ठ नायव निरीक्षक बालकृष्ण सन्जेल पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत वरिष्ठ सई सन्जेलले आफूलाई दिइएको जिम्मेवारीलाई व्यावसायिक रुपमा इमान्दारीपूर्वक कार्य सम्पादन गरेको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
उनको नेतृत्वमा पुस महिनामा प्रहरीले लागु औषध खैरो हेरोईन ७२५ ग्राम ५९० मिलिग्राम, एम्पुल ३ हजार १५० पिस, नाइट्राजेपाम १०० ट्याब्लेट, टोपेन्डाडोल ७ हजार १० ट्याबलेट, ट्रामाडोल ६ हजार ६६० सहित १८ जना मानिसहरू पक्राउ गर्न सफल भएको थियो।

सन्जेललाई प्रहरीको व्यवसायिक आचरणभित्र रहि आफूलाई दिइएको जिम्मेवारी विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनशील भइ कार्य सम्पादन गरेको आधारमा मुल्यांकन गरि गत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए।
लागूऔषधको जालो समाजको हरेक तहमा फैलिँदै गएको अवस्थामा सन्जेलले यो अपराधविरुद्ध अग्रमोर्चाबाट नेतृत्व गर्दै आएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया