बिएल संवाददाता
नेपाली काँग्रेसभित्र देखिएको ‘घर-झगडा’ अन्तत: टिकको भागबण्डातिर मोडिएको छ। विशेष महाधिवेशन र त्यसबाट चुनिएको नयाँ नेतृत्वलाई अस्विकार गर्दै आएको शेरबहादुर देउवा समूह र शेखर कोइराला समूहसमेत अन्तत: गगनकै नेतृत्वमा मनोनयन दर्ता गर्ने तरखरमा लागेका छन्।
त्यसका लागि नेताहरू गगन नेतृत्वसँग छलफलमा जुटिसकेका छन्। आइतबारमात्रै आफ्ना समूहका नेता तथा कार्यकर्ताहरू भेला गरेर नेता शेखर कोइरालाले मनोनयनमा सहभागी हुन भनेका थिए। उनले अदालतको निर्णय सबैलाई स्विकार हुने र मनोनयनमा समेत सहभागी हुनुपर्ने भन्दै चुनावमा नेपाली काँग्रेसलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका थिए।
निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशन र त्यसबाट गगनकुमार थापाको नेतृत्वमा चुनिएको नयाँ कार्यसमितिलाई नै ‘आधिकारिक’ काँग्रेसको मान्यता दिएको थियो। त्यसपछि असन्तुष्ट देउवा पक्ष आयोगको निर्णय विरुद्ध सर्वोच्चसमेत पुगिसकेको छ। आइतबार दर्ता भएको रिटमा मंगलबार पेशी तोकिएको छ। मंगलबार नै प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। तर नेपाली काँग्रेसले भने आफ्ना उम्मेदवारहरू टुङ्ग्याएको छैन।
अन्तिम समयमा देउवा पक्षका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले काँग्रेसको ‘रुख र चारतारा झन्डा’मै एकतावद्ध हुन सबै नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
‘सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ। रुख चुनाब चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ’ खड्काले लेखेका छन् ‘नयाँ पार्टी खोल्छन् ,स्वतन्त्र उमेदवारको रुपमा उठ्छन् , जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरुमा हार्दिक अनुरोध र अपिल गर्दछु।’
त्यस्तै तत्कालीन प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पनि त्यस्तै आह्वान गरेका छन्। ‘देउवा, गगन, पूर्णबहादुर, शेखर अहिल्यै एकठाउँमा बस्नुस्। घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस। पार्टीका लागि घमण्ड त्याग्न तयार बनौं। झगडिया अरू कोही होइन, हामी एकाघरका हौं’ उनले लेखेका छन् ‘आधा टिकटमा देउवाले हस्ताक्षर गरिसक्नुभएको छ अब बाँकी टिकटमा गगनले हस्ताक्षर गर्नुहुन्छ।’
यो बीचमा नेपाली काँग्रेसले आजै सबै टिकटको टुङ्गो लगाइसक्ने जनाएको छ। त्यसका लागि आधिकारिकता पाएको नेपाली काँग्रेसका सभापति गगनकुमार थापा तथा महामन्त्रीहरूको समूह उम्मेदवारहरूको नाम र सभापतिहरू विभाजित समूहसँग ‘भागबण्डा’मा लागेका छन्।
आइतबार रातभरिजसो तिनै समूहका नेताहरूले छलफल गरेका थिए। सभापतिका तर्फबाट केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, देउवा समूहबाट रमेश लेखक र नेता कोइरालाका तर्फबाट मिनेन्द्र रिजाललगायतका नेताहरूले रातभरि छलफल गरेका थिए।
‘छलफल सकारात्मक भइरहेको छ। हामी पनि सबै उम्मेदवारहरूको अन्तिम नामावली लेखिरहेका छौं। सभापतिज्यूहरूको पनि छलफल भइरहेको छ’ गगन समूहका एकजना पदाधिकारीले भने ‘सकेसम्म आजै दिउँसोसम्म उहाँहरूबीच सहमति भइसक्छ र मंगलबार हामीले एउटै चुनावचिह्न र सभापति (गगन)ज्यूकै हस्ताक्षरमा उम्मेदवारी दर्ता गर्नेछौं। काँग्रेस एक भएर चुनाव लड्छ। त्यसमा कुनै द्विविधा छैन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया