बिएल संवाददाता
नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले प्रतिनिधि सभा चुनावमा रोल्पाबाट उम्मेदवारी नदिने घोषणा गरेका छन्।
जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिवेशलाई केन्द्रमा राख्दै पुनले युवालाई अघि सार्ने रणनीति लिएका हुन्।
रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभा गरी दुईपटक चुनाव लडिसकेका पुनले ‘अब नयाँलाई पालो दिने’ भन्दै आफू पछि हट्ने निर्णय लिएका लुम्बिनी कांग्रेसका एक नेताले बताएका छन्।
उनले रोल्पामा कांग्रेसबाट ३५ वर्ष मुनिका युवालाई टिकट दिलाउने प्रयास गरिरहेका छन्।
उनी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माका सारथीसमेत हुन्। भर्खरै सम्पन्न विशेष महाधिवेशनमा गगन–विश्वलाई काँध हालेर हिँडेका पुन विशेष महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत थिए।
स्रोतका अनुसार रोल्पाको टिकट त्यागेका पुन उनी बाँके वा दाङको कुनै एकबाट उठ्ने सम्भावना पनि देखिएको छ। लुम्बिनी कांग्रेसका मेरुदण्ड मानिने पुनलाई बाँके र दाङका कार्यकर्ताले चुनाव लड्न आग्रह गरिरहेका छन्।
सुशील कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका सभापति पुनको बाँकेमा पनि राम्रो जनाधार छ। उनी बाँकेबाटै उठ्नसक्ने प्रवल सम्भावना रहेको एक नेताले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया