सोमबार, १९ जनवरी २०२६

रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वलीलाई कांग्रेसको टिकट

News Image
• • •

नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने भएको छ।

कांग्रेस लुम्बिनी सभापति अमरिसंह पुनले ‘युवाहरूका लागि’ भन्दै उम्मेदवार नबन्ने घोषणा गरेपछि पार्टीले जिल्लाकै पहिलो ‘पीएचडी होल्डर’ वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

३३ वर्षीय वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन्। पार्टीको टिकट  फाइनल भएपछि वलीले पदबाट राजीनामा दिइसकेका छन्।

वली सभापति गगन थापा, उससभापति विश्वप्रकाश शर्मा र प्रदेश सभापति पुनको पहिलो रोजाइका पात्र हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!