बिएल संवाददाता
भदौ २३ गतेको जेनजी प्रदर्शनको केन्द्रविन्दु रहेको काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा को–को उठ्दै छन् भन्ने बारे आम चासो बढ्दै गएको छ।
काठमाडौं महानगरपलिकाको १०, ११, २९ र ३१ का चारवटा वडा रहेको यस निर्वाचन क्षेत्रमा फागुन २१ को लागि हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी, एमाले, राप्रपा र रास्वपाले उम्मेदवार टुंगो लगाइसकेका छन्।
राप्रपाले तेस्रोपटकको लागि ०७९ को निर्वाचनका उपविजेता रविन्द्र मिश्रलाई फेरि मैदानमा उतारेको छ। उनले अरुको तुलनामा आफ्नो किताबमार्फत प्रचार प्रसार सुरु गरिसकेका छन्।
रास्वपाले ०७४ को काठमाडौंको मेयरकी उम्मेदवार रन्जु दर्शनालाई टिकट दिएको छ। यता नेकपाले पत्रकार तथा समाजिक अभियन्ता मेनुका भण्डारी (कृतु)लाई टिकट दिएको छ। एमालेले मोहन रेग्मीलाई टिकट दिएको छ।
यता क्षेत्र नम्बर १ मा आफ्नो गढ जमाएको नेपाली कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन। स्रोतका अनुसार यस क्षेत्रमा लगातार चुनाव जित्दै आएका प्रकाशमान सिंह नै प्रमुख दाबेदार छन्।
तर, जेनजी आन्दोलनको क्रममा उपप्रधानमन्त्रीसहित ओली सरकारमा कांग्रेसको नेतृत्व गरेका सिंह आन्दोलनको असन्तुष्टि सम्बोधन गर्न नसकेको र युवाहरूमाथि गोली चल्दा मौन रहेको भन्दै आलोचना भइरहेको छ।
त्यस्तै आफैंले नेतृत्व गरेको मन्त्रालयअन्तर्गत पर्ने आफ्नै क्षेत्रमा विद्यमान बागमती कोरिडोरको समस्या समाधान गर्न नसकेको स्थानीयहरूले आरोप लगाउने गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया