बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा दायर गरेको रिट फिर्ता लिन शेरबहादुर देउवा पक्ष तयार भएको छ।
विघटित कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादु खड्का निकट उच्च स्रोतका अनुसार मंगलबार मुद्धाको पेशी तोकिनुअघि नै मुद्धा फिर्ता लिन देउवा पक्ष तयार भएको हो।
पूर्णबहादुर खड्काले आइतबार आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। सोमबार सार्वजनिक बिदा परेकोले मंगलबार मुद्धाको पेशी तोकिँदै छ।
यद्यपि खड्काले मुद्धा फिर्ता लिनेबारे समाचारहरू प्रकाशित हुनुपूर्व नै खण्डन गरिसकेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘केही संचार माध्यममा आएका गलत समाचार बारे स्पष्ट हाेस– ०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयाेगले गरेकाे अवैधानिक निर्णयका विरुद्धमा माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिकाे लागि दर्ता गरेकाे रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएकाे म स्पष्ट पार्न चाहान्छु।’
त्यस्तै नवनिर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै घोषणा गरेका खड्काले नैतिकताका आधारमा आफू चुनाव नलड्ने निर्णय लिइसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया