मङ्गलबार, २० जनवरी २०२६

टिकट नपाएपछि कुलमानको सम्पर्कमा कान्छाराम

News Image
• • •

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापबाट पुराना नेता रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ।

खड्कालाई सभापति गगन थापाले टिकट दिएपछि यसअघि दाबी गरेका विघटित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) असन्तुष्ट बनेका छन्।

तामाङ निर्वतमान सभापति शेरबहादु देउवाका विश्वासपात्र हुन्। यसअघि उनले देउवाको हस्ताक्षर बिना चुनाव नै नलड्ने घोषणा गरेका थिए। तर, आज सभापति थापाकै हस्ताक्षर भएको टिकटमा दाबी गरेका थिए।

रामेछापको टिकट नपाएपछि कान्छाराम उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान तामाङको सम्पर्कमा पुगेको उनीनिकट स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!