बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
दाङ-२ मा ‘चुनाव हारिने’ कार्यकर्ताको रिपोर्टिङपछि कालीकोटको प्रतिनिधि सभामा माओवादीका उम्मेदवारलाई सघाउने सहमति भएको हो।
माओवादी दाङका एक नेताका अनुसार माओवादीले पोखरेलसँगको सहमतिअनुसार नै दाङ–२ मा उम्मेदवार उठाएको छैन।
माओवादीले दाङ–२ मा १६ सय बढी पार्टी सदस्य र ५ हजार शुभेच्छुकसहित साढे ६ हजार बढी मतदाता रहेको दाबी गरेको छ।
कालिकोटमा एमालेले गत निर्वाचनमा पराजित भएका नगीन्द्र शाही (नेशनल)लाई टिकट दिएको छ। कालीकोटमा माओवादीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई उम्मेदवार बनाएको छ।
अब दाङमा पोखरेललाई सघाएपछि एमालेले प्रकाण्डलाई सघाउन कालिकोटका उम्मेदवार फिर्ता बोलाउनुपर्ने हुन्छ। तर, यस विषयमा एमाले नेताहरूले सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
माओवादी नेताहरूका अनुसार पोखरेलसँग भएको मौखिक सहमतिलाई केही दिनमै लिखित सहमति गर्ने तयारी छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया