बुधबार, २१ जनवरी २०२६

बालेन ‘भिजन’ भएको होइनन्, उम्मेदवारमा सीमित भएर फर्किन्छन्– केपी ओली

News Image
• • •

नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवारमा मात्रै सीमित भएर फर्किने दाबी गरेका छन्।

झापा ५ का युवा भेलालाई सम्बोधन गर्दै ओलीले बालेनसँग कुनै भिजन नभएको दाबी गरे।

उनले भने, ‘अहिले पनि यहाँ नयाँ भनेको सुन्छु, चिनेको जानेको छैन, बैंकले नोट छाप्दा धितो जमानीबिना छाप्दैन। यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन। भोलि खोज्न कहाँ जाने? उहाँको यहाँ कोही पनि छैन। यहाँको उत्तरदायित्व केही छैन।’

बालेनले झापामा केही नगरेको दाबी गर्दै उनको घरअगाडि आफूले बाटो बनाइदिएको दाबी गरे। उनले नयाँ भन्दैमा केही नहुने बताए।

उनले भने, ‘राष्ट्रिय स्तरमा भिजन भएको पनि होइन। उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने? उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ। महोत्तरी ३ मटियारीबाट जनकपुर जाने बाटो मैले पुल हालिदिएको छु। खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे। सबै भत्काउँछन् रे। कवाडीहरूले गरिखान पाउँदैनन् रे।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!