बिएल संवाददाता
एमाले सचिव महेश बस्नेत आफूलाई भावी गृहमन्त्री दाबी गर्दै चुनावी अभियानमा जुटेका छन्।
भक्तपुर–२ बाट प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका बस्नेतले चुनाव प्रचार प्रसार तीव्र बनाएका छन्।
विभिन्न सार्वजनिक कार्यक्रममै बस्नेतले आफूलाई भावी गृहमन्त्री घोषणा गरिसकेका छन्। यतिबेला निर्वाचन प्रचार प्रसारमा समेत उनले आफू नै भावी गृहमन्त्री भएको बताउने गरेको कार्यकर्ताहरू बताउँछन्।
एमालेले निर्वाचनमा १२० सिट जत्ने भविष्यवाणी बस्नेतले गरिसकेका छन्। निर्वाचनपछि अध्यक्ष केपी ओली प्रधानमन्त्री र आफू गृहमन्त्री बन्ने दाबी छ।
बस्नेतले केही दिनअघी एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै झापा–५ मा ओलीसँग प्रतिस्पर्धा गरिरहेका बालेन साहलाई २४ गतेको विध्वंसको जिम्मेवार ठहर्याउँदै आतंककारीको संज्ञा दिएका थिए।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठग भन्दै आफू गृहमन्त्री भएपछि ठेगान लगाउने उनले चेतावनी दिँदै आएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया