बिएल संवाददाता
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई फेरि भूमिगत भएका छन्। अमेरिकाको निरन्तर धम्कीपछि आफूमाथि आक्रमण हुनसक्ने वा मारिनसक्ने भयका बीच उनी यतिबेला सुरक्षितरुपमा लुकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिगत सात महिनायता उनी दोस्रोपटक भूमिगत भएका हुन्। गत महिनादेखि इरानमा सरकार विरोधी प्रदर्शन चलिरहेको छ। देशब्यापीरुपमा चलिरहेको यो प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष सर्मथन दिइरहेका छन्। उनले प्रदर्शनकारीमाथि दमन गरे इरानमाथि आक्रमण गर्ने चेतावनी पनि दिँदै आएका छन् र प्रदर्शनकारीहरूलाई सरकारी अड्डाहरू कब्जा गर्न उक्साइरहेका छन्।
यो बीचमा इरानले देशमा संकटकाल लगाएर प्रदर्शनकारीमाथि ब्यापक दमन गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकारवादी संघसंस्थाहरूले हजारौं प्रदर्शनकारी मारिएको दाबी गर्दै आएका छन्। ट्रम्पको चेतावनीपछि केही प्रदर्शनकारीलाई फाँसी दिने निर्णयबाट इरानी सरकार पछि हटेको छ।
ट्रम्पले खामेनेईको हालत पनि यसअघिका इरानी नेताहरू कासिम सुलेमानीजस्तै हुनसक्ने धम्की दिएका थिए। सन् २०२० मा बगदादको विमानस्थलमा ट्रम्पकै आदेशमा सुलेमानीमाथि ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरिएको थियो। त्यसअघि सन् २०१९ मा उत्तरी सिरियामा अमेरिकी सेनाले गरेको आक्रमणमा आइएसआइएसका प्रमुख अबु बक्र अल बगदादी पनि मारिएका थिए। गत वर्षमात्रै अर्का नेता हसन नसरल्लाह पनि बेरुतमा मारिएका थिए।
३६ वर्षदेखि निरन्तर इरानको सत्तामा रहेका खामेनेई पश्चिमा राष्ट्रहरुको विरोधी नेताकारुपमा चिनिन्छन्। हालैमात्र अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि खामेनेई पनि अहिले भूमिगत भएका हुन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
प्रतिक्रिया