बिहिबार, २२ जनवरी २०२६

रास्वपाले म्याग्दीमा महावीर पुनलाई सघाउने, उम्मेदवार फिर्ता बोलाउँदै

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व शिक्षामन्त्री महावीर पुनलाई सघाउने भएको छ।

रास्वपा स्रोतका अनुसार पार्टीले म्याग्दीका आफ्ना उम्मेदवार फिर्ता बोलाएर पुनलाई समर्थन गर्ने तयारी गरेको हो।

रास्वपाले युवराज रोकालाई उम्मेदवार बनाएको थियो। पुनले चुनाव लड्न शिक्षामन्त्री पदबाट राजीनामा नै दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीभित्रै महावीर पुनलाई सघाउनुपर्ने आवाज उठ्न थालेपछि पुनलाई सघाउने तयारी भएको रास्वपा म्याग्दीका एक नेताले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!