बिएल संवाददाता
झापा–५ का रास्वपा उम्मेदवार बालेन साहलाई जिताउने भन्दै बुधबार रास्वपा प्रवेश गरेका एमालेको युवा संघ दमक नगर कमिटी सचिव कमल गैरे एकरातमै एमाले फर्किएका छन्।
गैरेले केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेको दाबी गरेका छन्।
पार्टी परित्याग गरेपछि गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्याइ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा फर्किएको उनले घोषणा गरेका छन्।
‘हिजो पनि यहीँ थिए आज पनि यहीँ छु र भोलि पनि यहीँ रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्।
उनी थप्छन्, ‘दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले केपी ओलीलाई जिताउनका लागि म यथाववत रुपमा यही पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्प सहित प्रतिबद्ध रहेको सम्पूर्णमा जानकारी गराउन चाहान्छु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया