बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ स्थगित भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको रिट न्यायाधीश ढकालले हेर्न नमिल्ने जानकारी गराएपछि स्थगित भएको हो।
न्यायाधीश ढकालले यसअघि रवि लामिछानेको सहकारी ठगीसहित सङ्गठित अपराधको मुद्धामा उच्च अदालतको आदेश स्वीकार गर्दै धरौटीमा छोड्न नमिल्ने आदेश दिएपछि लामिछाने लामो समय थुनामा परेका थिए।
सोही कारण यसअघि आफूले लामिछानेविरुद्ध आदेश गरिसकेको कारण फेरि विपक्षमा आदेश आए विवादमा परिने भन्दै हेर्न अस्वीकार गरेको जानकारी रिट निवेदकहरूलाई गराए।
सो मुद्धाको अर्को पेसी माघ ११ गतेका लागि तोकिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया